सूर्य नेपाल वेस्टर्न ओपन बुधवारदेखि

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर–२०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि सुरू हुँदैछ । २५औँ संस्करणको यो प्रतियोगिता पोखराको हिमालयन गल्फ कोर्समा आयोजना हुनेछ ।
५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन् । माछापुच्छ्रे हिमालको मनमोहक दृश्य र विजयपुर नदीको किनारमा अवस्थित प्राकृतिक रूपमा आकर्षक हिमालयन गल्फ कोर्सलाई कठिन कोर्स मानिन्छ ।
त्यसैले प्रतिस्पर्धी गल्फरसँगै गल्फ कोर्सको चुनौती पनि खेलाडीहरूलाई रहने छ । यो कोर्सलाई गल्फ डाइजेस्टले संसारकै रोमाञ्चक गल्फ कोर्समध्ये एक भनेर मूल्याङ्कन समेत गरेको छ । यो संस्करणमा पुरस्कार राशी वृद्धि गरेर आठ लाख ८२ हजार पुर्याइएको छ ।
प्रतियोगिताको विजेताले एक लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष २१ भित्र पर्ने गल्फरहरूले पनि नगद पुरस्कार हात पार्नेछन् ।
साविक विजेता भुवन नगरकोटीसँगै, निरज तामाङ, धन थापा, सञ्जय लामा र जयराम श्रेष्ठलाई उपाधिको प्रमुख दाबेदारको रूपमा हेरिएको छ । गत संस्करण रेकर्ड स्कोरमा उपाधि जितेका भुवनले यो सिजन भने कुनै पनि उपाधि जित्न सकेका छैनन् ।
उनलाई यो सिजन पहिलो उपाधि जित्ने चुनौती समेत रहनेछ । नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र सूर्य नेपाल सेन्ट्रल ओपनका विजेता राहुल विकेले भने यस पटक सहभागिता नजनाउने भएका छन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रालिद्वारा प्रायोजित उक्त प्रतियोगितामा ३६ होलको समाप्तिपछि कट लागू हुनेछ । शनिबार प्रो–एम प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो आउँदै छ बागमती सरकारको नीति कार्यक्रम ?
-
फिल्म ‘महाभोज’ काे प्रचारका लागि काठमाडौँका विभिन्न स्थानमा सडक नाटक प्रदर्शन
-
कर्मचारीको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत : सिटौला
-
स्वार्थ समूहको द्वन्द्वले न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको छ
-
नेविसंघको तदर्थ समिति भङ्ग गर्न माग गर्दै शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
-
गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि