कोशी प्रदेशभित्रका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सञ्चालन हुने
विराटनगर । कोशी प्रदेश सरकार मातहतका सबै सरकारी अस्पतालको ओपीडी सेवा दुई चरणमा सञ्चालन हुने भएको छ । प्रदेशका १४ जिल्ला अस्पताल र प्रादेशिक अस्पतालहरूको ओपीडी सेवा दुई चरणमा सञ्चालन हुने भएको हो ।
अस्पतालबाट प्रवाह गर्ने सेवाको गुणस्तर सुधार गर्ने र बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले ओपीडी सेवा दुई सिफ्टमा बुधबारदेखि सञ्चालनमा आउने भएको छ । प्रदेशको सबै सरकारी अस्पतालहरूमा बिहान ९ देखि ३ बजेसम्म ओपीडी टिकट काट्ने व्यवस्था मिलाएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बहिरङ्ग सेवा बिहान १० देखि २ बजेसम्म एउटा सिफ्ट र २ देखि ५ बजेसम्म अर्को सिफ्ट सञ्चालन गर्न कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले निर्देशन दिएका छन् । सोही अनुसार स्वास्थ्य मन्त्रालयले १४ वटा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, कटारी अस्पताल उदयपुरलाई मंगलबार वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईँले पत्राचार गरेका छन् ।
यसअघि सरकारी अस्पतालहरूमा १ बजेसम्म मात्रै ओपीडि सेवा सुरु हुने गरेको थियो । त्यसपछि ओपीडी सेवा बन्द हुने र १ बजेपछि आउने बिरामीले निजी हस्पिटलमा चर्को शुल्क तिरेर बिरामीले स्वास्थ्य उपचार गराउनुपर्ने बाध्यता रहेको थियो । प्रदेश भित्रका बिरामीहरूले गुणस्तरीय स्वास्थ्य उपचार पाउने उद्देश्यले दुई सिफ्टमा ओपीडि सेवा सुरु गरिएको कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले बताए । ‘प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूको ओपीडी सेवा अब ५ बजेसम्म सञ्चालन हुनेछ । कोही पनि अस्पताल आएका बिरामी स्वास्थ्य उपचारबाट वञ्चित हुने छैन,’ मन्त्री राईले भने, ‘प्रदेशभित्रका सबै सरकारी अस्पतालहरूमा अब पाँच बजेसम्म ओपीडि सेवा पाउनेछन् ।’ यसलाई कडाइको साथ कार्यान्वयनमा लैजान निर्देशन दिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच नेताको समर्थनले महामन्त्रीमा विपिनको पल्लाभारी
-
रास्वपाको महामन्त्री दौडबाट पछि हटेपछि कविन्द्र बुर्लाकोटीले भने- ‘पार्टीको हित नै सर्वोच्च’
-
राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा तिरे करिब २ करोड अमेरिकी डलर
-
‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने
-
काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
-
महामन्त्रीमा कविन्द्र, गणेश, शिशिर, प्रमोद र जगदीशको समर्थन विपिनलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण