यौन उत्पीडन गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
काठमाडौँ । यौन उत्पीडन गरेको आरोपमा प्रहरीले एकजना इनड्राइभ चालकलाई पक्राउ गरेको छ । जसमा चितवनको नारायणी नगरपालिका–४ घर भएका प्रवीण बराल छन् ।
२५ वर्षीय बराललाई थानकोटबाट समातिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
चितवनको मुग्लिन बजारबाट काठमाडौँ जान अनलाइनमार्फत आग्रह गर्दा राइडरले ह्वाट्सएपमा म्यासेज गरेर यौन उत्पीडन गरेको भन्दै एकजना महिलाले सामाजिक सञ्जाल ‘टिकटक’मा भिडियो बयान पोष्ट गरेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
माघ २ मा राइडरले यौन उत्पीडन गरेका हुन् । यौन उत्पीडन गरेको कम्प्लेन आएसँगै इनड्राइभले बराललाई आफ्नो प्लेटफर्मबाट हटाएको छ । इनड्राइभकी निर्देशक रिता पोखरेलले रातोपाटीसँग भनिन्, ‘हामीले ड्राइभरलाई हाम्रो प्लेटफर्मबाट हटाएका छौँ, पीडितसँग हामी सम्पर्कमा छौँ ।’
राइडरलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्न आफ्नो कम्पनी तयार रहेको पोखरेलले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण