यौन उत्पीडन गरेको आरोपमा इनड्राइभ चालक पक्राउ

काठमाडौँ । यौन उत्पीडन गरेको आरोपमा प्रहरीले एकजना इनड्राइभ चालकलाई पक्राउ गरेको छ । जसमा चितवनको नारायणी नगरपालिका–४ घर भएका प्रवीण बराल छन् ।
२५ वर्षीय बराललाई थानकोटबाट समातिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
चितवनको मुग्लिन बजारबाट काठमाडौँ जान अनलाइनमार्फत आग्रह गर्दा राइडरले ह्वाट्सएपमा म्यासेज गरेर यौन उत्पीडन गरेको भन्दै एकजना महिलाले सामाजिक सञ्जाल ‘टिकटक’मा भिडियो बयान पोष्ट गरेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
माघ २ मा राइडरले यौन उत्पीडन गरेका हुन् । यौन उत्पीडन गरेको कम्प्लेन आएसँगै इनड्राइभले बराललाई आफ्नो प्लेटफर्मबाट हटाएको छ । इनड्राइभकी निर्देशक रिता पोखरेलले रातोपाटीसँग भनिन्, ‘हामीले ड्राइभरलाई हाम्रो प्लेटफर्मबाट हटाएका छौँ, पीडितसँग हामी सम्पर्कमा छौँ ।’
राइडरलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्न आफ्नो कम्पनी तयार रहेको पोखरेलले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
-
भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार
-
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
-
बालमन्दिर प्रकरण : रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, तीन आरोपीको मृत्यु
-
एकैदिन उच्च अङ्कले किन बढ्यो शेयर बजार ? यस्ता छन् चार कारण