यौन उत्पीडन गरेको आरोप लागेका राइडरको इनड्राइभ आबद्धता रद्द
काठमाडौँ । इनड्राइभका एक राइडरमाथि यौन उत्पीडन गरेको आरोप लागेको छ । चितवनको मुग्लिन बजारबाट काठमाडौँ जान अनलाइनमार्फत आग्रह गर्दा राइडरले ह्वाट्स एपमा मेसेज गरेर यौन उत्पीडन गरेको भन्दै एकजना महिलाले सामाजिक सञ्जाल ‘टिकटक’मा भिडियो बयान पोस्ट गरेकी छन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
महिलाले भिडियोमा भने अनुसार माघ २ मा ती राइडरले यौन उत्पीडन गरेका हुन् । यौन उत्पीडन गरेको कम्प्लेन आएसँगै इनड्राइले राइडरलाई आफ्नो प्लेटफर्मबाट हटाएको जानकारी दिएको छ । इनड्राइभकी निर्देशक रिता पोखरेलले रातोपाटीसँग भनिन्, ‘हामीले ड्राइभरलाई हाम्रो प्लेटफर्मबाट हटाएका छौँ, पीडितसँग हामी सम्पर्कमा छौँ ।’
राइडरलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्न आफ्नो कम्पनी तयार रहेको पोखरेलले बताइन् । चितवनबाट फर्किँदा मुग्लिन बजारमा गाडी बिग्रेपछि राइड सेयरिङ मार्फत काठमाडौँ फर्किन खोज्दा ती राइडरले उत्पीडन गरेको पीडितको आरोप छ । पीडितले सामाजिक सञ्जाल मार्फत भनेकी छन्, ‘म र १२ वर्षीय बच्चा थियौँ, राइडरले एक घण्टा जति कहीँ बसौँ न भनेर मेसेज गरे ।’
पीडितले भिडियोमा भनेकी छन्, ‘प्रतिवाद गर्दा राइडरले ‘मन मिल्यो भने बसौँ भन्यो ।’ यौन उत्पीडन विरुद्ध प्रहरीमा उजुरी दिएको उनको दाबी छ । तर, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला प्रहरी परिसर काठमाडौँ र साइबर ब्युरोमा त्यसबारे उजुरी परेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण