सिरहाबाट नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ
सिरहा । सिरहा प्रहरीले गोलबजार नगरपालिका ११ बलकावाबाट नलकटुवा पेस्तोल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बलकावामा लागेको भवरी मेलाबाट प्रहरीले गोलबजार नगरपालिका १२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र विष्णुकुमार महतोलाई एक थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको हो ।
मेलामा झगडा गरी भाग्ने क्रममा इलाका प्रहरी कार्यालय गोलबजारबाट सई श्याम प्रकाश यादवको कमान्डमा मेला सुरक्षार्थ खटिएका प्रहरीले ठाकुरको साथबाट नलकटुवा र महतोको साथबाट फलामको नक फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत सिरहाबाट हातहतियार सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय गोलबजारमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए। ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण