नक्कली पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक पक्राउ
बुधबार, ०९ माघ २०८१, ११ : ४७
रौतहट । रौतहटको सीमावर्ती इलाकामा नक्कली पेस्तोल देखाएर सर्वसाधारण मानिससँग पैसा माग्ने कार्यमा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताए।
भारतीय सीमामासँग जोडिएको ईशनाथ नगरपालिका ४ मठीया गाउँ छेउमा आरोपी कलामले मङ्गलवार चाईनिज नक्कली खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी मठीयाको टोलीले पक्राउ गरेको हो।
आरोपी कलाममाथि मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण