बयान लिन सैफको घरमा पुग्यो प्रहरी
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान पाँच दिनसम्मको उपचारपछि मंगलबार लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालबाट उनी आक्रमण भएको घरमा नगएर अर्कै घर गए । अभिनेता घर फर्केपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस घटनामा अभिनेताको बयान रेकर्ड गर्न बुधवार मुम्बई प्रहरी अभिनेताको घरमा पुगेको छ ।
यस क्रममा, एउटा भिडियो पनि सार्वजनिक भएको छ जसमा प्रहरी सैफको भवनमा प्रवेश गरिरहेको देखिन्छ । यस अघि प्रहरीले आक्रमणकारीको मनसायबारे धेरै खुलासा गरेको थियो ।
सैफको साथमा किन थिए रोनित रोय ?
यसैबिच, मंगलबार अस्पतालबाट घर फर्किँदा सैफसँगै अभिनेता रोनित रोय पनि देखिए । सैफको साथमा रोनित देखिएपछि धेरैले चासो व्यक्त गरेका थिए ।
प्रहरी अधिकारीहरूसँग समन्वय गर्दै रोनितले सैफ र करीना कपूरको घरमा सुरक्षा व्यवस्थाको रेखदेख गरिरहेको देखिएका थिए । हमलापछि सैफ अली खानले सुरक्षा एजेन्सी फेरेको र रोनित रोयको सुरक्षा कम्पनी ‘एस सेक्युरिटी’लाई सुरक्षाको जिम्मा दिएको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण