संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना र बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘छावा’को ट्रेलर बुधबार रिलिज भएको छ । फिल्मको ट्रेलरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। ट्रेलर लन्चमा अभिनेत्रीले यस परियोजनाबाट खुसी भएकाे भन्दै खुसी खुसीमा संन्यास पनि लिन सकने बताएकी थिइन् ।
ट्रेलर लन्च कार्यक्रममा रश्मिकाले फिल्म र आफ्नो चरित्रबारे आफ्नो अनुभव शेयर गरेकी थिइन् । ‘म निर्देशक लक्ष्मण सरसँग कुरा गरिरहेको थिएँ, मलाई लाग्छ यो भूमिकापछि म अवकाश पनि लिन सक्छु ।’ अभिनेत्रीले फिल्मको प्रशंसा गर्ने क्रममा हाँस्दै भनेकी थिइन् । महारानी यासुबाईको भूमिका निर्वाह गर्नु कुनै सौभाग्यभन्दा कम नभएको पनि उनले बताइन् ।
‘यो ट्रेलर हेरेर मेरो मन निकै खुसी भयो, विक्कीले जे गरे त्यसलाई हेर्दा ऊ लगभग भगवान् जस्तै देखिएका छन् । ऊनी छावा हुन् । यो अविश्वसनीय छ ।’ फिल्म र यसको ट्रेलरबारे थप कुरा गर्दै रश्मिकाले भनेकी थिइन् ।
कार्यक्रममा घाइते खुट्टाका साथमा पुगेकी रश्मिका
हालै जिममा प्रशिक्षणका क्रममा रश्मिका घाइते भएकी थिइन् । छावाको ट्रेलर लन्च कार्यक्रममा आफ्नो चोट लागेको खुट्टा लिएर पुगेपछि अभिनेत्री हेडलाइनमा छाएकी छिन् । यस क्रममा विक्की कौशलले उनलाई स्टेज चढ्न मद्दत पनि गरेका थिए । यो देखेर फ्यानहरूले उनको प्रशंसा पनि गरे ।
कहिले रिलिज हुन्छ छावा ?
छावा ऐतिहासिक एक्सन फिल्म हो । यसमा विक्की कौशल मुख्य भूमिकामा छन् । फिल्म मराठा राजा छत्रपति संभाजी महाराजको जीवनमा केन्द्रित छ । यो फिल्मले छत्रपति शिवाजी महाराजको मृत्युपछिका घटनाहरूलाई चित्रण गरेको छ । फिल्ममा रश्मिका मन्दाना महारानी येसुबाईको भूमिकामा छिन् । फिल्ममा आशुतोष राणा, दिव्या दत्ता, विनीत कुमार सिंह, डायना पेन्टीलगायत कलाकारहरूको पनि अभिनय छ ।
कामको कुरा गर्नु पर्दा रश्मिका धनुष र नागार्जुन अक्किनेनी अभिनीत फिल्म ‘कुबेरा’मा पनि मुख्य भूमिका निर्वाह गर्दैछिन् । यसबाहेक उनी सलमान खानसँग ‘सिकंदर’मा पनि काम गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण