सहिद परिवारसँग भेटघाटमा अध्यक्ष प्रचण्ड
बिहीबार, १० माघ २०८१, १४ : ११
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवारका सदस्यहरूसँग भेटघाटमा लागेका छन् । बिहीबार अध्यक्ष प्रचण्ड बाँकेको खजुरा ३ धवलागिरि गाउँस्थित सहिद डम्बर रानाभाटको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरेका छन् ।
बिहीबार बिहानको खाना समेत सहिद परिवारसँगै बसेर खाएका प्रचण्डले सहिदहरू कहिल्यै नमर्ने भन्दै सहिद परिवारको दुःख पीडामा पार्टी रहेको बताए ।

आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिँदै प्रचण्डले सहिद तथा बेपत्ता परिवारको सम्मान राज्यले गर्ने बताए । यसै क्रममा प्रचण्डले बाँकेको खजुरामा निर्मित सहिद स्मारकको उद्घाटन समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण