जनयुद्धमा उठाएका मुद्दा छोड्दा माओवादी कमजोर भयो : प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको स्वीकारेका छन् ।
शुक्रबार दाङको तुलसीपुर– ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा आयोजित कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी कमजोर भएको स्वीकारेका हुन् । जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही वर्ग र समुदायको अगाडि बढाउने सङ्कल्प गरेको उनले बताए ।
‘जनतासँग हाम्रो सम्बन्ध अलि कमजोर हुन गयो । हामीले जुन वर्ग समुदायका निम्ति क्रान्ति गर्यौँ । ती वर्ग, समुदायका माग र मुद्दा कमजोर जस्ता भएका छन् । अब त्यसलाई सच्याउनुपर्छ । सहिद तथा बेपत्ता र घाइते योद्धाका परिवारसँग पनि भेटघाट र सम्बन्ध बढाउनुपर्छ’, उनले भने, ‘हिजो जनयुद्धमा जुन वर्ग समुदायका माग र मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही समुदायतिर नै फर्किनुपर्छ । सबै वर्ग समुदायतिर फर्किने अभियान चलाउँदै छौँ । जनयुद्ध र जनआन्दोलनका सहिदलाई यो पटक राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेँ । यसमा म सन्तुष्ट छु ।’
सोही क्रममा अध्यक्ष प्रचण्डसहित नेताहरूले सहिद परिवारले तयार गरेको थारु समुदायको परिकारसहित खाना खाएका थिए । जनयुद्ध कालमा चौधरीको परिवारले ६ जना सदस्य गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले सुरु गर्यो इराकमा डलर आपूर्ति
-
सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित
-
प्रति मिनेट गोल गर्ने क्षमतामा मेस्सी अगाडि
-
अर्थमन्त्री डा. वाग्लेको भनाइमा एमाले सांसद बरालको नियमापत्ति
-
विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
मुलुकी अपराध संहिता (संशोधन विधेयक) को मस्यौदाप्रति ज्ञानेन्द्र शाहीको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण