बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

अमेरिकाले सुरु गर्‍यो इराकमा डलर आपूर्ति

बिहीबार, १८ असार २०८३, १४ : ५८
बिहीबार, १८ असार २०८३

काठमाडौँ । अमेरिकाले केही महिनाअघि रोकिएको अमेरिकी डलरको नगद आपूर्ति पुनः इराक पठाउन सुरु गरेको छ ।

न्युयोर्क टाइम्सले इराकका प्रधानमन्त्री अली अल–जाइदीका दुई सहयोगीलाई उद्धृत गर्दै छापेको एउटा समाचारमा यस्तो दाबी गरेको हो। 

समाचारअनुसार अमेरिकाले इराकलाई इरानबाट टाढा रहन दबाब दिन केही महिनाअघि अमेरिकी डलरका नगद खेप हवाईमार्फत पठाउने कार्य स्थगित गरेको थियो । अहिले भने सीमित परिमाणमा पुनः डलर आपूर्ति सुरु गरिएको बताइएको छ।

यद्यपि यसबारे अमेरिकी वा इराकी सरकारबाट औपचारिक पुष्टि भएको छैन । साथै, अल जजिराले पनि उक्त रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ। हालै अमेरिका–इजरायल र इरानबिचको युद्धका क्रममा इरान समर्थित इराकी सशस्त्र समूहहरूले खाडीका केही देश र जोर्डनतर्फ ड्रोन तथा मिसाइल आक्रमण गरेका थिए। 

त्यस अवधिमा इराकस्थित अमेरिकी हितका लक्ष्यहरू, विशेष गरी बग्दादस्थित अमेरिकी दूतावास, पनि आक्रमणको निशानामा परेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप