बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित

बिहीबार, १८ असार २०८३, १४ : ५३
बिहीबार, १८ असार २०८३

सारांश

  • सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
  • सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
  • सरकारले अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा यसलाई प्रतिनिधिसभामा पेस गरेको थियो ।

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा दफावार छलफलपछि विधेयक बहुमतले पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे । 

विधेयकको दफावार छलफलमा प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती बिक, महेन्द्र शाही, हरिमोहन भण्डारी र बलावती शर्माले भाग लिएका थिए ।  छलफलमा भाग लिने सांसदहरूले संशोधन पनि हालेका थिए । 

अन्तिममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रकाशचन्द्र परियार, कमल सुवेदी, हरिमोहन भण्डारीले संशोधन फिर्ता लिएका थिए । बाँकी सांसदहरूका संशोधन अस्वीकृत भएका थिए । 

सरकारले यससम्बन्धी अध्यादेश ल्याइसकेको छ । अध्यादेशलाई सरकारले प्रतिस्थापन विधेयकका रूपमा पेस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप