यी हुन् हमासले दोस्रो चरणमा रिहा गर्न लागेका चार इजरायली बन्धक
काठमाडौं । गाजा युद्धविरामको सम्झौता अनुसार हमासले शनिबार रिहा गर्न लागेका चार इजरायली बन्धकको नाम सार्वजनिक गरेको छ । जसमा सैनिक करिना एरिएव, डेनिएला गिल्बोआ, नामा लेबी र लिरी अल्बाग रहेका छन् ।
यी चारैलाई इजरायलमा बन्द १८० प्यालेस्टाइनी कैदीको बदलामा रिहा गरिने बताइएको छ । गएको आइतबार युद्धविराम लागू भएपछि यो दोस्रो आदानप्रदान हो । यसअघि पहिलो अदलाबदलीमा तीन इजरायली बन्धकको साटो ९० प्यालेस्टाइनी कैदीको रिया गरिएको थियो ।
युद्धविरामले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण गरिएपछि शुरु भएको १५ महिने रण संग्रामलाई रोकेको छ । जसमा लगभग १२ सय मानिस मारिए भने २५१ बन्धकलाई गाजा फिर्ता लगिने छ । यद्यपि, इजरायल आक्रमणमा ४७ हजार २०० बढी प्यालेस्टाइनी मारिएको गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हमासले आउने पाँच हप्तामा रिहा गर्ने बाँकी २६ बन्धकका बारेमा पनि जानकारी आउने विश्वास लिइएको छ । जसमा दुई मातापिता, दुई बच्चा तथा एक १० महिने सबैभन्दा कम उमेरका बन्धक समेत रहेका बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण