सुदूरपश्चिमलाई सजिलै हराउँदै एपीएफलाई उपाधि
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो ।

सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको ६८ रनको लक्ष्य एपीएफले १२.५ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि ममता चौधरीले सर्वाधिक ४३ रनको योगदान दिइन् । उनले ४३ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् ।
कप्तान इन्दु वर्माले २० बलमा २ चौका हिर्काउँदै १८ रन जोडिन् । ओपनर रजमति ऐरी भने ४ रन बनाएर रनआउट भएकी थिइन् । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो । टोलीका लागि मनीषा बोहोराले सर्वाधिक १८ रनको योगदान दिइन् । उनले २३ बलमा ३ चौका प्रहार गरिन् ।

कप्तान बिन्दु रावलले २४ बलको सामना गर्दै १७ रन बनाइन् । उनले २ चौका हिर्काइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ओपनर रेवती धामी र रितु कनौजियाले ७–७ रन बनाए । एपीएफका लागि कविता जोशीले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिइन् । शबनम राई र कप्तान इन्दु वर्माले २–२ विकेट तथा करुणा भण्डारीले १ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण