ला लिगामा एटलेटिकोलाई फेरि धक्का
आइतबार, १३ माघ २०८१, ०१ : १८
काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिडलाई धक्का लागेको छ । शनिबार राती भएको खेलमा एटलेटिकोलाई भियारियालले १-१ को बराबरीमा रोकेसँगै केही समयका लागि शीर्ष स्थानमा उक्लिने अवसर गुम्यो ।
अवे मैदानमा भिया रियालका लागि जेराड मोरेनोले गोल गरेपछि घरेलु टोली दबाबमा आयो । एटलेटिकोका लागि श्यामूएल लिनोबाहेक अन्यले गोल गर्न सकेनन् र अंक बाँड्न बाध्य भयो ।
उता, सेभिया र स्पानियोलले १-१ को बराबरी खेल्दा रियाल बेटिसले भने मलोर्कालाई १-० ले हरायो । ला लिगामा ४६ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ भने ४५ अंक जोडेको एटलेटिको दोस्रो र ३९ अंक भएको बार्सिलोना तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण