ला लिगामा एटलेटिकोलाई फेरि धक्का
आइतबार, १३ माघ २०८१, ०१ : १८

काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिडलाई धक्का लागेको छ । शनिबार राती भएको खेलमा एटलेटिकोलाई भियारियालले १-१ को बराबरीमा रोकेसँगै केही समयका लागि शीर्ष स्थानमा उक्लिने अवसर गुम्यो ।
अवे मैदानमा भिया रियालका लागि जेराड मोरेनोले गोल गरेपछि घरेलु टोली दबाबमा आयो । एटलेटिकोका लागि श्यामूएल लिनोबाहेक अन्यले गोल गर्न सकेनन् र अंक बाँड्न बाध्य भयो ।
उता, सेभिया र स्पानियोलले १-१ को बराबरी खेल्दा रियाल बेटिसले भने मलोर्कालाई १-० ले हरायो । ला लिगामा ४६ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ भने ४५ अंक जोडेको एटलेटिको दोस्रो र ३९ अंक भएको बार्सिलोना तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किइरहेको छ : सांसद बलायर
-
गगन थापालाई प्रश्न : दुई दलीय संयन्त्रमा बसेर सरकारको आलोचना किन ?
-
पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ
-
टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?