कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुँदै

काठमाडौँ । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा साङ्गीतिक प्रस्तुति दिने भएको छ ।
कालिम्पोङ नगरपालिकाको आयोजनामा मेला ग्राउण्डमा जनवरी २८ देखि ३० सम्म ३ दिन चल्ने ‘कालिम्पोङ म्युनिसिपैलिटी फेस्ट २०२५’ आगामी बुधबार अर्थात जनवरी २९ तारिकमा साङ्गीतिक प्रस्तुति दिने भएका हुन् ।
तीन दशकदेखि नेपाली संगीतमा योगदान दिदै नेपाली पप संगीतमा विशिष्ट पहिचान बनाउन सफल गायक गायक दीपक बज्राचार्यको पछिल्लो बहुचर्चित गीत ‘मनमगन’ पछि झनै उनी देश विदेशका धेरै साङ्गीतिक कन्सर्टहरूमा व्यस्त छन् ।
नेपाली कला, सङ्गीत र संस्कृतिको प्रवर्धनलाई सदैव लागि परेका उनले कार्यक्रममा नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाचका साथै अन्य मौलिक, परम्परागत संस्कृति झल्कने छलिया नाच, झाँक्री नाच पनि समावेश गर्दै नेपाली संगीतको साथमा कला र संस्कृतिलाई पनि त्यतिकै अन्तर्राष्ट्रिय करण गरिने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
-
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
-
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
-
दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने
-
‘सिनेमाका नायकनायिका, गायकगायिकाजस्तै देश–विदेश भ्रमण गर्दै कविहरू’
-
सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेन : मुख्यमन्त्री लामा