जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
आइतबार, १३ माघ २०८१, १३ : ३३
काठमाडौँ । दाङ र झापा जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
दाङको तुल्सीपुर उपमहानगरपलिका-८ नयाँबस्ती बस्ने झुपराज घर्तीमगरको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपराज समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
उता झापाको दमक नगरपालिका-१० सेतुमारीस्थित खेतमा रहेको गोठमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय विकास राई समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७६ हजार ४ सय ९० रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण