आगामी चैतमा सङ्घीय परिषद् भेला गर्ने जसपाको निर्णय
आइतबार, १३ माघ २०८१, १७ : ०७
काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सङ्घीय परिषद् भेला गर्ने निर्णय गर्दै सकिएको छ । शनिवारबाट वीरगन्जमा बसेको बैठकले परिषद् भेला गर्नेसहित महत्त्वपूर्ण चार वटा निर्णय गरेको महासचिव मोहम्मद इस्तियाकर राईले जानकारी दिए ।
परिषद् बैठक अघि सातै प्रदेशहरूको गठन पुनर्गठन पनि गरिसक्ने सो पार्टीले जनाएको छ । ‘हाम्रो पार्टीको सङ्घीय परिषद् भेला आगामी चैत महिनामा काठमाडौँमा गर्ने निर्णय भएको छ । मिति र स्थान पछि तय हुन्छ’, बैठकपछि राईले रातोपाटीसँग भने, ‘त्यसबाहेक बैठकले राजनीतिक प्रतिवेदन,प्रतिवेदन सुझावसहित पारित गरेको छ ।’
संविधान संशोधन, कार्यगत एकतालगायतका विषयमा पनि बैठकमा छलफल भएको नेता राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण