आहारारा पोखरा गोल्डकप माघ २२ देखि हुने
पोखरा । पोखरामा माघ २२ देखि आहारारा पोखरा गोल्डकप हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबले जनाएको छ । यसवर्षको प्रतियोगितामा ११ टिमले सहभागिता जनाउने पक्का भएको छ । १२ वटा टिम बनाउने तयारी अनुसार छलफल भइरहेको क्लबका अध्यक्ष केशवराज बरालले बताए ।
आयोजक सहारा क्लबसहित नेपाली ‘ए’ डिभिजनका क्लब विभागीय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्रि स्टार क्लब, मछिन्द्र क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लब सहभागी हुनेछन् ।
यस्तै, ब्रिगेड ब्वाइज क्लब यूके र थन्डर नर्थ युनाइटेड क्लब सिक्किम, भारत पनि प्रतियोगितामा सहभागी हुनेछ । मनाङ मर्स्याङ्दी क्लबलाई पनि सहभागीताका लागि आग्रह गरिएको बरालले जानकारी दिए । ‘थप एक टिम आउने विषयमा छलफल जारी छ,’ उनले भने, ‘एमएमसीको सहभागिता होस भन्ने चाहन्छौँ । एमएमसीको सहभागिता हुन नसके हामीले कुनै एक उत्कृष्ट टिमलाई सहभागिता गराउने तयारी गरेका छौँ ।’
२४ औँ संस्करणको प्रतियोगिता सम्पन्न गर्न १ करोड ४२ लाख खर्च हुने अनुमान छ । १ करोड ५१ लाख आम्दानी हुने र खर्च कटाएर बचत रकमबाट एकेडेमी सञ्चालनमा खर्च हुने महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । एकेडेमीमा चौथो ब्याचका ३० जना बालकहरू आश्रित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण