प्रिमियर इन्टरनेसनलद्वारा लिटरेचर फेस्टिभल सम्पन्न

काठमाडौँ । प्रिमियर इन्टरनेसनल स्कुलले ‘इन्टरनेसनल लिटरेचर फेस्टिभल’ सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई नेतृत्वदायी भूमिका ग्रहण गर्न, विविध दृष्टिकोणहरूसँग अन्तर्क्रिया गर्न र सम्भावना भएकालाई अवसर प्रदान गर्ने उद्देश्यका साथ जनवरी २२ देखि २४ सम्म फेस्टिभल आयोजना गरिएको स्कुलको भनाइ छ ।
कार्यक्रमले विभिन्न कक्षाका विद्यार्थीहरूका लागि उपयुक्त गतिविधिहरू समेटेको थियो, जसमा कथा सुनाउने सत्र, प्यानल छलफल, अन्तरक्रियात्मक कार्यशालाहरू र प्रेरणादायक अतिथि सत्रहरू समावेश थिए। विद्यार्थीहरूले विषयवस्तु योजना गर्नेदेखि व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रिया हाँक्दै, ठूला कार्यक्रमहरू व्यवस्थापन गर्नका लागि सहकार्य, टोली भावना र आत्मविश्वास विकास गर्न अनुभव हासिल गरेको स्कुलले जनाएको छ ।
कार्यक्रमको बौद्धिक पक्षलाई थप बलियो बनाउन “बीट्विन द लाइन्सः बायस इन लिटरेचर एन्ड द राइटर्स रिस्पोन्सिबिलिटी” शीर्षकको प्यानल छलफल आयोजना गरिएको थियो। यस्तै बाल साहित्यकार अनन्त वाग्लेलाई फेस्टिभलका क्रममा सम्मान समेत गरिएको थियो ।
विद्यालयकी निर्देशक, पवित्रा लिम्बुले “द पावर अफ लिटरेचर” शीर्षकको कार्यशाला आयोजना गरेकी थिइन्। यो सत्रमा उपत्यकाका विभिन्न विद्यालयका शिक्षकहरूले सहभागिता जनाएका थिए भने उनीहरुले साहित्यले कसरी जिज्ञासा जगाउन, मन खोल्न र परम्परागत पाठ्यपुस्तकभन्दा बाहिरको समालोचनात्मक सोचलाई प्रोत्साहित गर्न सक्छ भन्नेबारे छलफल भएको थियो ।
प्रिमियरको इन्टरनेसनल लिटरेचर फेस्टिभल साहित्यको उत्सव मात्र नभई यो नेतृत्व, सहकार्य र समालोचनात्मक सोचको प्रवर्द्धन गर्ने विद्यालयको प्रतिबद्धताको प्रमाण भएको कार्यक्रमपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड