स्वर्णलक्ष्मी सहकारी घोटाला
राप्रपाका केन्द्रीय सदस्य पौडेललाई १ लाख धरौटीमा छाड्न आदेश
सोमबार, १४ माघ २०८१, १६ : १९
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न आरोपमा राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पौडेल ‘पुरुष’सँग अदालतले १ लाख धरौटी मागेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई १ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका पौडेलसँग ४० लाख ७ हजार ७२३ रुपैयाँ बिगो कायम गरिएको थियो ।
गोरखा ग्रुप अफ कम्पनी प्रालिले कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण रकम पौडेलका नाममा बिगो कायम गरिएको हो । पौडेल सुपर सिटी ईन्टरप्राइजेज प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका सेयरधनी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण