मेयर र उपमेयरलाई फसाउन खोजिएको भन्दै सर्लाहीमा माओवादीको प्रदर्शन
सोमबार, १४ माघ २०८१, १९ : ५०
सर्लाही । बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लिलाकुमारी मोक्तानलाई फसाउन खोजेको भन्दै माओवादी केन्द्र समर्थित कार्यकर्ताहरूले मसाल जुलुस निकालेका छन्।
सोमबार साँझ निकालिएको जुलुसमा सहभागी माओवादी कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।
सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै माओवादी केन्द्र सर्लाहीले हिजो आइतबार पनि जिल्लामा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको थियो।
बागमतीमा मेयर थापा र उपमेयर मोक्तानमाथि नगर क्षेत्रको पर्ती जग्गामा सुकुमबासी बस्ती बसाएको आरोपमा मुद्दा दायर भएको छ।
जिल्ला वन कार्यालयले मेयर र उपमेयरविरुद्ध वन मुद्दा दायर गरेपछि माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो।
माओवादी केन्द्र सर्लाहीले मेयर र उपमेयरमाथि लगाइएको मुद्दालाई राजनीतिक प्रतिशोध भएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण