छिचोलियो कोशी करिडोर, त्रिदेशीय सडक सञ्जाल स्थापित
काठमाडौँ । तीन देशको सडक सम्पर्क स्थापित गर्ने उत्तर–दक्षिण कोशी करिडोर सडक छिचोलिएको छ । करिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत १५८ किलोमिटर सडकको ‘ट्र्याक ओपन’ भएसँगै भारत–नेपाल र चीनबिच सडक सञ्जालले सम्पर्क स्थापित गर्ने सडक छिचोलिएको हो ।
२०७६ सालको भदौ २२ गते मन्त्रिपरिषद्ले उक्त ट्र्याक खुलाउने कार्यको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । सोहीअन्तर्गत सेनाले ‘ट्र्याक ओपन’ गराएको हो । रानी विराटनगरदेखि संखुवासभाको किमाथाङ्कासम्मको ३९० किलोमिटर सडकले नेपाललाई दुवै छिमेकी मुलुकसँगको सडक सम्पर्क थप सहज बनाएको छ ।
च्याम्ताङ्देखि घोङ्प्पासम्मको १०.५१ किलोमिटरको ट्र्याक निर्माणसँगै यस क्षेत्रबाट हुने अन्तर्राष्ट्रिय व्यापार समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
ट्र्याक ओपन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको उक्त सडकमा श्रोत अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । कोशी करिडोर पूर्ण सञ्चालनमा आएसँगै यहाँको कृषि, पर्यटन तथा व्यवसायीक क्षेत्रमा हुने विकासले स्थानीयको आर्थिकस्तर समेत उक्सिने मन्त्री दाहालले बताए । भौगोलिक विकटता र प्राकृतिक प्रतिकुलताका बिच पनि नेपाली सेनाले ट्र्याक खुलाउन निरन्तर मेहनत गर्नु सह्रानीय भएको उनले उल्लेख गरे ।
ट्र्याक खुल्ला गराउने कार्यक्रममा मन्त्री दाहालका साथै रक्षामन्त्री मानवीर राई, उर्जामन्त्री दीपक खड्का, पूर्वसांसद राजेन्द्र गौतमलगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण