फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्न अदालतको आदेश
मङ्गलबार, १५ माघ २०८१, १६ : १९

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि अन्तरकालीन आदेश जारी गरेको छ । फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गरेको हो ।
अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो । सहिद दिवसको अवसर पारेर भोलिदेखि फिल्म रिलिज हुँदै थियो । अदालतले अन्तरिम आदेश जारी गरेपछि रोकिने भएको छ ।
नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानुन व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालीन आदेश दिँदै दुवै पक्षालाई छलफलका लागि बोलाएको बताए ।
फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । राजन भुसाल निर्देशित गरेको उक्त फिल्म अब विवादमा परेको छ ।