फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्न अदालतको आदेश
मङ्गलबार, १५ माघ २०८१, १६ : १९
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि अन्तरकालीन आदेश जारी गरेको छ । फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गरेको हो ।
अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो । सहिद दिवसको अवसर पारेर भोलिदेखि फिल्म रिलिज हुँदै थियो । अदालतले अन्तरिम आदेश जारी गरेपछि रोकिने भएको छ ।
नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानुन व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालीन आदेश दिँदै दुवै पक्षालाई छलफलका लागि बोलाएको बताए ।
फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । राजन भुसाल निर्देशित गरेको उक्त फिल्म अब विवादमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण