पटकपटकको ताकेतापछि बाङ्गेबाट–धरान जोड्ने सडक धमाधम कालोपत्र
विराटनगर । निर्माण व्यवसायीले ढिलासुस्ती गरेर अलपत्र पारेको सुनसरीस्थित बराहक्षेत्र नगरपालिका महेन्द्रनगरको बाङ्गेबाट हल्दिया–कालाबंजर–तीनकुने–भलुवा चौरी हुँदै धरान जोड्ने सडक कालोपत्र सुरु भएको छ ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको निरन्तरताको ताकेता र ठेक्का तोड्ने चेतावनीपछि उक्त सडक कालोपत्रे सुरु भएको हो । कालोपत्र सुरु भएपछि सोमबार मन्त्री राईसहितको टोली सो स्थानमा पुगेको थियो ।
लुम्बिनी गजुरमुखी जेभीले यस सडक निर्माणका लागि २०७६ भदौ १२ गते ठेक्का सम्झौता गरेको थियो । २०७८ असोज १५ गते सक्नुपर्ने सडकको काम नसकिएपछि पटकपटक म्याद थपिएको थियो ।
कम्पनीले आफूले लिएको ठेक्का समयमै सम्पन्न गर्न २०७९ साउन ८ गते नै पूर्वाधार विकास कार्यालय मोरङलाई प्रतिबद्धता पत्र दिएको थियो । हालसम्म ३१ करोड ६० लाख ५१ हजार ७२३ रुपैयाँ अर्थात् ठेक्का सम्झौता रकमको ७८ प्रतिशत भुक्तानी लगिसकेको उक्त कम्पनीको भौतिक प्रगति ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय मोरङले जानकारी दिएको छ ।
साढे १३ किलोमिटर लामो उक्त सडक सुनसरीको बाङ्गेदेखि सुरु भएर धरानको चतरा सडकसम्म पुग्नेछ । सडक निर्माणका लागि ३७ करोड २३ लाख ३० हजार २५ रुपैयाँमा ठेक्का लागेको हो ।
भेरिएसनपश्चात् उक्त आयोजनाको लागत ४० करोड २७ लाख ८३ हजार ७६० रुपैयाँ पुगेको छ ।
गत कात्तिक र मंसिरमा पटकपटक अनुगमन र निर्माणको ताकेताका लागि मन्त्री आफैं सो स्थानमा पुगेका थिए । उनको साथमा राज्यमन्त्री भूमि राजवंशी, मन्त्रालयका सचिव अशोककुमार साह, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठ, निर्माण कम्पनी लुम्बिनी गजुरमुखी जेभी प्रतिनिधि सन्तोष गौतमसहितको टोली रहेको थियो । मन्त्री राईकै पहलमा सार्वजनिक सुनुवाइ गर्दै निर्माण कम्पनीलाई थप गरेको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्ने माइन्युटमा हस्ताक्षर गराइएको थियो । उक्त सडकको निर्माणको काम ०८२ साल असार मसान्तसम्ममा सक्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण