बुटवलमा फोहोर उठाउन दौड प्रतियोगिता
बुटवल । ‘सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा ट्रास रेस प्रतियोगिता हुने भएको छ । युवाहरूमा नगर सफाइको जागरणका लागि माघ १९ गते बृहत् फोहोर उठाउने दौड प्रतियोगिता गरिने भएको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग, ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैङ्क बुटवलले गर्ने प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लोथ एण्ड फुड बैङ्क बुटवलका कमल जिसीले बताए ।
मनोरञ्जनसँगै युवा जागरणलाई जोडेर नयाँ अभियान बुटवलमा सुरुवात गरेको मंगलबार पत्रकार सम्मेलनमा उनले बताए । काठमाडौँमा सरसफाइ अभियान चलाउँदाको सिकाइबाट आफ्नै क्षेत्र बुटवलमा नयाँ थालनी गर्न लागेको उनले बताए ।
यस क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा ८५० जना दर्ता भइसकेको उनले बताए । उनले करिब एक हजार जना सहभागी हुने अपेक्षा रहेको बताए । १६ वर्ष उमेर माथिका युवाहरू सहभागी हुन पाउने व्यवस्था रहेको उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन् ।
बुटवलको ६ किलोमिटर दूरीमा फोहोर उठाउन एक घण्टाको समयावधि तोकिएको कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा लरेन्स बिश्नोई र गाल्डी बरारमाथि मुद्दा दायर
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको प्रतिज्ञा
-
दाङमा पाँच हजार बढीको परीक्षण गर्दा छ सय पचासमा सिकलसेलको लक्षण
-
अमेरिकाको टेक्सासमा आप्रवासन अधिकारीको गोलीबाट एक जनाको मृत्यु
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
-
रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण