आर्सनलको पुनरावेदनपछि डिफेन्डर स्केलीलई राहत
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका डिफेन्डर माइलेस लुइस–स्केलीमाथि लगाइएको तीन खेलको प्रतिबन्ध हटाइएको छ । आफ्ना खेलाडीमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा आर्सनलले पुनरावेदन गरेपछि प्रतिबन्ध हटाइएको हो ।
प्रिमियर लिगअन्तर्गत गत शनिबार खेलिएको उल्भ्सविरुद्धको खेलका क्रममा १८ वर्षीय डिफेन्डर स्केलीलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । गलत खेल खेलेको भन्दै निर्धारित समयको ४३औँ मिनेटमा उनले रातो कार्ड पाएका थिए ।
त्यसपछि आर्सनलले आफ्ना डिफेन्डरलाई गलत तरिकाले रातो कार्ड देखाइएको दाबीसहित स्वतन्त्र नियामक आयोगमा पुनरावेदन गरेको थियो । त्यसपछि स्केलीले तीन खेलको प्रतिबन्धबाट उन्मुक्ति पाएका हुन् ।
स्केलीले तीन खेलको प्रतिबन्धबाट सफाई पाएपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले पनि खुशी व्यक्त गरेका छन् । ‘हामी निकै खुसी छौँ । उनीमाथि गरिएको कारवाही नै गलत थियो । सम्पूर्ण प्रमाण क्लबसँग सुरक्षित छ,’ जिरोनाविरुद्धको खेलअघि प्रशिक्षक आर्टेटाले भनेका छन् ।
उल्भ्सविरुद्धको खेलका क्रममा म्याट डोहर्टीलाई फाउल गरेको आरोपमा स्केलीले रातो कार्ड पाएका थिए । रेफ्री माइकल ओलिभरले गम्भीर फाउल खेलेको आरोपमा स्केलीलाई सिधै रातो कार्ड देखाएका थिए । उक्त खेलमा आर्सनल १–० गोलले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण