हमलापछि छोराका सुरक्षाबारे ‘सिरियस’ छन् सैफ दम्पती
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान र करीना कपूर खान परिवारको सुरक्षालाई लिएर निकै ‘सिरियस’ भएका छन् । दुवैले पापाराजीलाई आफ्ना छोरा तैमुर र जेहको तस्बिर नखिच्न अनुरोध गरेका छन् ।
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, सैफ र करिनाका पीआर म्यानेजरले मंगलबार साँझ मुम्बईको खारस्थित आफ्नो कार्यालयमा पापाराजीसँग भेटघाट गरेका थिए ।
यसक्रममा उनले फोटोग्राफरहरूलाई घर बाहिर बस्न पनि निषेध गरेका छन् । घरबाट निस्कँदा वा फर्कँदा अभिनेता वा उनको परिवारको तस्बिर नखिच्न पनि अनुरोध गरिएको छ । करिना र सैफ कुनै कार्यक्रममा उपस्थित भएका छन् भने उनीहरूको तस्बिर खिच्न सकिने बताइएको छ ।
जनवरी १५ को राति बान्द्रास्थित सैफ अली खानको घरमा एक पुरुष छिरेका थिए । चोर्ने उद्देश्यले छिरेका ती व्यक्तिले सैफमाथि चक्कु प्रहार गरेका थिए । यस घटनामा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित छ ठाउँमा छुरा प्रहार गरिएको थियो । अभिनेतालाई राति नै अस्पताल लगिएको थियो । यो घटनापछि सैफ दम्पतीले बान्द्रामा रहेको सतगुरु शरण अपार्टमेन्ट छाडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण