चैत २४ गते समाजवादी मोर्चाले काठमाडौँमा वृहत् आमसभा गर्ने
काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाले चैत २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले सातै प्रदेशमा ठुला अन्तर्क्रिया गर्ने निर्णय भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
यसैगरी चैतको पहिलो हप्ता मधेसमा ठुलो आमसभा गर्ने निर्णय भएको यादवले बताए ।
‘सातै प्रदेशमा अन्तर्क्रिया गर्ने, चैत २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । । मधेस प्रदेशमा चैतको पहिलो हप्ता वृहत् आमसभा गर्ने निर्णय भएको छ’, उनले भने ।
यस्तै मधेस प्रदेशको संयोजन गर्ने जिम्मा नेसपालाई दिएको यादवले बताए । बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने उनले जानकारी दिए ।
तर समीक्षा अध्ययन कार्यदलले प्रतिवेदन नबुझाएको तर छिट्टै बुझाउने विषयमा छलफल भएको उनको भनाइ छ । आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ ।
पछिल्लो समय समाजवादी मोर्चाप्रति जनआकर्षण बढ्दै गएकाले राष्ट्रिय विकल्पको शक्तिमा उभ्याउनेबारे छलफल भएको उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण