एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी
बुधबार, १६ माघ २०८१, १७ : ५३
_qrqmNCIUBq.jpg)
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ ।
प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शङ्कर पोखरेलले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन् । डा. अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न