प्राविधिक विद्यार्थी संघले ‘नेपाल टेक्नो फेस्ट २०२५’ आयोजना गर्ने

काठमाडौँ । अनेरास्ववियु प्राविधिक विद्यार्थी संघ नेपाल (टीएसएएन) राष्ट्रिय कमिटीले ‘नेपाल टेक्नो फेस्ट २०२५’ को आयोजना गर्ने भएको छ । माघ ३० र फागुन १ गते गरी दुई दिनसम्म चल्ने फेस्टमा इन्जिनियरिङ, एग्रिकल्चर र फरेस्ट्री पढ्ने विद्यार्थीहरूसँग सम्बन्धित विविध कार्यक्रमहरू हुनेछन् ।
संघका अध्यक्ष इन्जिनियर विशाल आचार्यले मेलामा त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ, कृषि र वन विज्ञान सम्बन्धीका विभिन्न कलेजका विद्यार्थीहरूको सहभागिता रहने बताए ।
मेलामा विभिन्न विषयमा प्यानल डिसकसन हुनका साथै विभिन्न प्रोजेक्टमा प्रतियोगिता समेत हुनेछ । हरेक विधाको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने अध्यक्ष आचार्यले बताए ।
मेलामा काठमाडौँ विश्वविद्यालय र पोखरा विश्वविद्यालयका विद्यार्थीहरूको समेत सहभागिता रहने उनको भनाइ छ ।
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)का डीनलगायतलाई समेत प्यानलिष्टका रूपमा आमन्त्रण गरिएको छ ।
प्राविधिक क्षेत्रका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै नयाँ ज्ञान क्षमताको विकास गर्नका लागि मेलाको आयोजना गरिएको अध्यक्ष आचार्यले बताए ।
२०५३ सालमा स्थापना भएको यो संस्थामा हाल टेक्निकल क्षेत्रका दुई हजार ५०० भन्दा बढी विद्यार्थी आबद्ध छन् । नयाँ प्रविधि, नवप्रवर्तन तथा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ खोलिएको यो संस्थाले पहिलो पटक यस्तो खालको फेस्ट गर्न लागेको हो ।
मेलामा एआई र रोबोटिक प्रदर्शन, प्यानल डिसकसन, प्रविधि प्रदर्शन तथा सांगितिक कार्यक्रमको समेत आयोजना गरिएको छ । प्राविधिक विद्यार्थीका प्रविधिहरूलाई बजार तथा उद्योगधन्दासम्म पुर्याउन मदत मिल्ने आयोजकको अपेक्षा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत