युवाहरूको ऊर्जा समाज रुपान्तरणमा प्रयोग हुनुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन् ।
अखिल (क्रान्तिकारी) का नवनिर्वाचित पदाधिकारीहरुले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए ।
भेटका क्रममा अध्यक्ष दाहालले भने, ‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु ।’
उनले सम्पुर्ण निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत कृयालापविरूद्ध उत्रिन आह्वान गरे ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
-
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
-
तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण