...त्यो समाचार हेर्दैगर्दा मेरो आङ सिरिङ भयो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डको सिद्ध बाबामा ४२ पटक सवारी दुर्घटना भएको र धेरैको ज्यान गएको समाचार सुन्दा आङ सिरिङ भएको बताएका छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘सभामुख महोदय, यो केही समयअघि एउटा अनलाइनमा आएको समाचार शीर्षक हो । त्यो समाचार हेर्दै गर्दा मेरो आङ सिरिङ्ग भयो ।’
सबैखाले सवारी दुर्घटनामा ज्यान गुमाउने परिवारका बृद्ध बाबु–आमा र टुहुरा छोराछोरीको वेदनाले म केही भावुक पनि बनेको भन्दै उनले सडक पूर्वाधार असुरक्षित हुँदा हामी दिनदिनै यस्ता खबर सुन्न अभिसप्त भएको बताए ।
‘मैले सङ्कल्प गरेँ– अब हामीले यस स्थितिलाई बदल्नु पर्नेछ र त्यसका लागि काम गर्नुपर्ने छ’, प्रधानमन्त्रीले भने, ‘यस्ता वेदनामय खबरहरूबाट पार पाउन आज केही काम अघि बढिरहेको म स्मरण गराउन चाहन्छु ।’
यसपटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साताअघि सिद्धबाबा सुरुङ मार्ग ब्रेक–थ्रु भएको भन्दै उनले अब केही समयभित्र हामी यस सुरुङ मार्गलाई सञ्चालनमा ल्याउने बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले यसअघि थालेका कामहरूलाई हामीले कहाँ पुर्याउँदैछौँ भनेर संसद्लाई जानकारी गराएका छन् । उनले काठमाडौँ–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको, चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडक मार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण