शिक्षाको गुणस्तर वृद्धि गरेमात्र समाज रूपान्तरण गर्न सकिन्छ : मन्त्री तिमिल्सिना
शुक्रबार, १८ माघ २०८१, १९ : २६

बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर वृद्धि गरेमात्र समाज रूपान्तरण गर्न सकिने बताएका छन् । शिक्षाले समाज विकासमा महत्पूर्ण योगदान हुने भएकाले लुम्बिनी प्रदेशमा शिक्षाको गुणस्तरका लागि सरकार केन्द्रित भएको उनले बताएका हुन् ।
शुक्रबार पाल्पामा छैटौँ तिनाउ गाउँपालिकास्तरीय राष्ट्रपति रङिन शिल्ड प्रतियोगिताको समापन समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशको शिक्षा गुणस्तर वृद्धि गर्ने जोड दिएको बताए ।
उनले युवाहरू विदेश जाने क्रम चलिरहेकाले अबको २० वर्षमा नेपालमा लास जलाउने मान्छेको अभाव हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने