खेलकुदको हबको रूपमा बागमती प्रदेशलाई विकास गर्छौँ : मन्त्री महर्जन
मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशलाई खेलकुदको हबको रूपमा विकास गर्ने बताएका छन् । उनले खेलाडी र खेलकुद क्षेत्रको समग्र विकास गरेर प्रदेशलाई खेलकुदमय बनाउने बताए ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ द्वारा आयोजित वडा कप फुटबल, पालिका स्तरीय महिला भलिबल, पुरुष भलिबल प्रतियोगिताको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री महर्जनले प्रदेशलाई खेलकुदमय बनाउन आफूले काम गरिरहेको बताए । उक्त प्रतियोगिताको विजेता टिमलाई पुरस्कार प्रदान गर्दै उनले प्रदेश खेलकुदको हब बनाउँदा खेलाडी र राज्यको आर्थिक अवस्थामा सुधार आउनेसमेत बताए ।
मुलुकमा संघीयता कार्यान्वयन भएपछि स्थानीय सरकार र प्रदेश सरकार अधिकार सम्पन्न भएको उनको भनाई छ । संघीयतापछि बागमती प्रदेशभित्रका जिल्लाहरूमा सबैभन्दा धेरै खेलकुद प्रतियोगिता र गतिविधि भइरहेको मन्त्री महर्जनले बताए ।
प्रदेशभित्र खेलकुद संरचनाको भौतिक पूर्वाधार निर्माण न्यून रहेको उनले बताए । आगामी वर्षको बजेटमा खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गरिने उनको भनाई छ । भौतिक पूर्वाधार निर्माणसँगै खेलाडी प्रोत्साहन र खेलकुद गतिविधिलाई सरकारको बजेटमा विशेष प्राथमिकता राखिने उनले बताए ।
खेलाडीले खेलेरै बाच्न सक्ने वातावरण बनाउन प्रदेश सरकार प्रयत्नरत रहेको मन्त्री महर्जनले बताए । खेलाडीहरू जीविकोपार्जनको निम्ति बिदेसिने प्रवृत्ति अन्त्य गरी देशमा नै टिक्ने वातावरण तयार गर्न प्रदेश सरकार प्रतिबद्ध भएर रहेको उनले बताए । प्रदेशभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको अभिलेख राखेर सम्मान तथा प्रोत्साहन गर्दै जाने सरकारको नीति रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण