अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन् ।
महिला आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको अर्थतन्त्र : नीति र व्यवहार विषयक छलफलमा पौडेलले लामो समयदेखिको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका हुन् ।
समस्या समाधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको उनले बताए । मन्त्री पौडेलले पोलिसी रिफर्मका लागि नै सरकारले विभिन्न अध्यादेश ल्याएको जिकिर गरे । अध्यादेशका कारण अर्थतन्त्रको ८० प्रतिशत क्षेत्र ओगटेको निजी क्षेत्रको आत्मबल बढाउने काम गरेको उनले दाबी गरे । पौडेलले निजी क्षेत्र उठाउँदै आएका मागहरूलाई सम्बोधन गर्ने गरी ६ वटा अध्यादेशबाट विभिन्न ऐन ल्याएको जिकिर गरे ।
उनले अध्यादेशबाट आएका कानुनलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उल्लेख गरे । त्यस्तै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानीको सबै समस्या समाधान भइसकेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण