गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्छ : सांसद सापकोटा
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन)लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सांसद सापकोटाले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग गरिन् । उनले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने बताइन् । उनले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताइन् । उनले आर्थिक स्थिति वृद्धि गर्नका लागि धेरै कानुनहरू निर्माण गर्न जरुरी रहेको बताइन् ।
उनले भनिन्, ‘आमाको नामबाट नागरिकता बन्ने जुन अध्यादेश आएको छ । यो एकदमै राम्रो छ । एनआरएनका साथीहरूलाई पनि वंशजको नागरिकता दिनुपर्छ । किनभने उनीहरू नेपाली हुन् । विदेशमा काम गर्नको निम्ति गएका हुन् । उनीहरूलाई वंशजको नामबाट नागरिकता दिनुपर्छ र नेपालमा आउँदाखेरी आफ्नो देशमा भिसा लाग्ने सिस्टम हटाउन आग्रह गर्दछु ।’
सांसद सापकोटाले दुई दलले मात्रै संविधान संशोधन हुन नसकेपनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताइन् । संविधान संशोधनमार्फत नागरिकलाई सहज सेवा दिनु सबै राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण