राष्ट्र बैंक रिपोर्ट
कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि
आइतबार, २० माघ २०८१, १७ : ३०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा रु.२३१६ अर्ब ८४ करोड पुगेको उल्लेख छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको रिपोर्टमा उल्लेख छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति मात्र असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेको थियो । तर, पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई रु.२०७२ अर्ब ३४ करोड पुगेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण