जापानी फिल्म फेस्टिभल : काठमाडौँमा सकियो, अब पोखरामा हुने
काठमाडौँ । ‘जापानी फिल्म फेस्टिभल २०२५’को काठमाडौँ च्याप्टर सकिएको छ । गत शुक्रबारदेखि सुरु भएको फेस्टिभलमा ‘ब्रेभ फादर अनलाइन : आवर स्टोरी अफ फाइनल फन्टासी एक्सआइभी’, ‘आईटीओ,’ ‘ड्रिमिङ अफ द मेरिडियन आर्क,’ ‘लु ओभर द वाल,’ र ‘द फिश टेल’ गरेर ५ जापानी फिल्मको प्रदर्शन भएको थियो ।
जापानी राजदूतावास र जापान फाउन्डेसनको संयुक्त आयोजना रहेको फेस्टिभल राष्ट्रिय नाचघरमा दुई दिनसम्म चलेको थियो ।
फेस्टिभल अब फेब्रुअरी ७ र ८ मा पोखराको गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघमा आयोजना हुँदैछ । पोखरा र काठमाडौँमा गरी जापानका १० फिल्म देखाइने लक्ष्य राखिएको फेस्टिभलमा पोखरामा ‘तकानो तोफु,’ ‘होयर आइ बिलङ,’ ‘एन्ड सो द बटोन इज पास्ड,’ ‘कि अफ लाइफ’ र ‘द लाइन द् याट डिफाइन मि’ देखाइनेछ । फेस्टिभलमा प्रवेश निःशुल्क रहेको छ ।
फेस्टिभलले नेपाल र जापानबिचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन भूमिका आयोजकको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण