अभिषेकको कीर्तिमानसामु इंग्ल्याण्ड नतमस्तक
मुम्बई । अभिषेक शर्माको कीर्तिमानी ब्याटिङका साथै शानदार बलिङको मद्दतले भारतले टी–२० शृङ्खला अन्तर्गतको अन्तिम खेलमा इंल्याण्डलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको छ । योसँगै भारतले पाँच खेलको शृङ्खला ४–१ ले आफ्नो पक्षमा परेको छ ।
आइतबार राति भएको खेलमा २ सय ४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड मात्र १०.३ ओभरमा ९७ रनमा अलआउट हुन पुग्यो । ओपनर फिल साल्टले २३ बलमा सर्वाधिक ५५ रनको योगदान दिए । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।
उनीबाहेक ज्याकब बेथलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । इंग्ल्याण्डलाई सस्तोमा समेट्न मोहम्मद शामीले २.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । वरुण चक्रवर्ती, शिवम दुबे र अभिषेक शर्माले २–२ विकेट तथा रवि विश्नोईले एक विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन बनाएको थियो । अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा १ सय ३५ रन बनाए । उनले यसक्रममा ७ चौका र १३ छक्का हिर्काए ।

योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा भारतका लागि सर्वाधिक ठुलो व्यक्तिगत स्कोर बनाउने खेलाडी बनेका छन् । यसअघि शुममन गिलले टोलीका १ सय २६ रन बनाएका थिए । उनले १७ बलमा आफ्नो अर्धशतक पूरा गरे, जुन भारतका लागि दोस्रो चाँडो हो ।
त्यस्तै, उनले ३७ बलमा आफ्नो शतक पूरा गरेका थिए । आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूमा सबैभन्दा चाँडो शतक बनाउने कीर्तिमान डेभिड मिलरको नाममा छ । उनले ३५ बलमा शतक बनाएका थिए ।
त्यस्तै, भारतका लागि शिवम दुवेले १३ बलमा ३० रन जोडे । तिलक वर्माले २४ रन तथा सञ्जु सामसनले १६ र अक्षर पटेलले १५ रन बनाए ।
इंग्ल्याण्डका लागि ब्रेडन कार्सले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । मार्क वुडले २ तथा जोफ्रा आर्चर, जेमी ओभरटन र अदिल रसिदले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण