क्यानडाले निकाल्यो अतिरिक्त महसुल लगाउने अमेरिकी सामानको सूचि
क्यानबेर्रा । अमेरिकाले क्यानडाबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाएको एक दिनपछि क्यानडाले पनि अमेरिकी सामानमा सोही अनुपातमा अतिरिक्त कर लगाएको छ । जस्तालाई तस्तै गर्ने नीति अनुसार क्यानडाका अर्थमन्त्री डोमिनिक लेब्लाङ्कले आइतबार क्यानडा सरकारले कर लगाउने अमेरिकी सामानको सूचि जारी गरेका छन् ।
क्यानडाले अमेरिकाबाट आउने लगभग ३० अर्ब डलर बराबरका सामानमा भन्सारमा अतिरिक्त शुल्क लगाउनेछ । यी उत्पादनहरूको सूचिमा अमेरिकामा बनेका रक्सी, घरायसी सामान, औजार, हतियार, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, लुगा आदि समावेश छन ।
हामी यो लडाई हार्ने छैनौं– क्रिस्टिया फ्रिल्याण्डले
एक दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए । अमेरिकाले चीनबाट आउने सामानमा पनि १० प्रतिशत कर लगाउने घोषणा गरेको छ ।
‘हामी यसलाई लिएर युद्ध लड्न चाहँदैनौं, तर हामी यसलाई हार्ने पनि छैनौं,’ क्यानडाकी प्रधानमन्त्री पदकी उम्मेदवार क्रिस्टिया फ्रिल्याण्डले अमेरिकी उत्पादनहरूमा कर लगाउने सरकारको निर्णयको बचाउ गर्दै भनिन् । फ्रिल्याण्डले अतिरिक्त महसुल युद्धलाई नराम्रो भन्दै यसले सबैलाई हानि पुर्याउने बताइन् ।
अमेरिका कयौँ सामानका लागि क्यानडामाथि निर्भर रहेकोले यसले अमेरिकी जनतालाई उल्टै धेरै समस्या हुने निम्त्याउने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण