अमेरिकाले ‘दुष्ट’ भनेपछि रिसायो उत्तर कोरिया
प्योङयाङ । उत्तर कोरियाले अमेरिकी विदेशमन्त्रीविरुद्ध आक्रोश पोखेको छ । उत्तर कोरियालाई दुष्ट देश भनेपछि किम जोङ उनको प्रशासनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई चेतावनी दिँदै यस्तो असभ्य र अर्थहीन टिप्पणीले कहिल्यै पनि अमेरिकी हितलाई पूरा नगर्ने बताएको हो । यस्ता अभिव्यक्तिले शत्रुता कहिल्यै समाप्त नगर्ने समेत उत्तर कोरियाको भनाइ छ ।
अमेरिकी विदेश नीति प्रमुखले आफ्नो वचन र काम मार्फत एक पटक फेरि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाप्रति आफ्नो देशको शत्रुतापूर्ण नीति प्रदर्शन गरेको उत्तर कोरियाको विदेश मन्त्रालयले भनेको छ । रुबियोको टिप्पणीले नयाँ अमेरिकी प्रशासनको उत्तर कोरियाप्रति गलत सोचलाई प्रतिबिम्बित गर्ने पनि उसको भनाइ छ ।
जनवरी ३० मा एक कार्यक्रममा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले उत्तर कोरिया र इरानलाई विदेश नीतिको सन्दर्भमा दुष्ट देशहरूको संज्ञा दिएका थिए ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने किमलाई ‘स्मार्ट’ मान्छे भन्दै टिप्पणी गरेका थिए । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्पर्क गर्ने समेत बताएका थिए । आफूले किमसँग राम्रो सम्बन्ध स्थापित गरेको र किम धार्मिक कट्टरपन्थी नभएको पनि उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण