रियालिटी शो 'कमेडी किड्स'को औपचारिक घोषणा
काठमाडौँ । पछिल्लो समय नेपालमा रियालिटी शोहरुको सङ्ख्या बढ्न थालेको छ । रियालिटी शोप्रति दर्शकको चासो पनि बढ्न थालेको छ ।
आज 'वसन्त पञ्चमी'को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो 'कमेडी किड्स'को औपचारिक घोषणा गरेको छ । मध्य बानेस्वरमा रहेको घराना लन्ज एण्ड बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । घोषणा कार्यक्रममा रियालिटी शो 'कमेडी किड्स'को लोगो सार्वजनिक गरिएको छ ।
बालबालिकाहरूलाई लक्षित गरी निर्माण गरिने शोमा चार देखि १४ वर्षसम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताए। फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुला गरिने पनि उनले बताए । सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको छ।
डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्टसँग सम्झौता भएको छ। शो प्रसारण हुने टेलिभिजन फाइनल हुन बाँकी रहेको बताइएको छ। प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण