२ जना मृतावस्थामा फेला
मङ्गलबार, २२ माघ २०८१, १२ : ०९
काठमाडौं । कास्की र रामेछाममा दुई जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका-८ मौरिया बस्ने ७५ वर्षीय धन प्रसाद कामी सोही गाउँपालिका-८ तमुस्थित बाङ्गे खोलामा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रामेछापको खाँडादेवी गाउँपालिका-१ मझुवा बगरस्थित सुनकोशी नदीको किनारमा अन्दाजी ५० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । उनको सनाखत भइसकेको छैन । दुबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण