साहारा सहकारी ठगीमा यस्तो छ अदालतमा पेस भएको अभियोगपत्र (पूर्णपाठसहित)

काठमाडौँ । साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा कुल ३२ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दर्ता भएको छ । जसमध्ये १७ जनाविरुद्ध यसअघि नै मुद्दा दायर भएकोमा रास्वपाका सभापति रवि लामिछानेसहित थप १५ जनालाई पनि प्रतिवादी बनाएर मंगलबार मुद्दा दायर भएको हो ।
अभियोगपत्रमा सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको निष्कर्ष निकालिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा सो रकममध्ये १४ करोड २३ लाख ६ हजार १३१ रुपैयाँ ४७ पैसाको हकमा पछि अन्य बचतकर्ताहरूको पूरक जाहेरी दरखास्त पर्न आई अनुसन्धान भएर पूरक अनुसन्धान प्रतिवेदन प्राप्त भएको खण्डमा अर्को मुद्दा पेस गरिने उल्लेख छ ।
अभियोगपत्रमा जीबी राईबाट ४१ लाख ३० हजार, असरफ अलि सिद्धिकीबाट ३ करोड २० लाख र महेन्द्र भोटे भन्ने शिव बहादुर गुरुङले २ करोड ६४ लाख सहकारीलाई व्यक्तिगतरुपमा भर्नुपर्ने मागदाबी लिइएको छ ।
अभियोगपत्रमा बिगो भने कुल ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ मागदाबी गरिएको छ । मूल अभियोगपत्रबाट कुल ४४६ जनाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ १८ पैसा र पूरक जाहेरी दिने १० जनाको थप ४३ लाख ९४ हजार ६३१ रुपैयाँ १ पैसा गरी सो रकम बिगो कायम भएको अभियोगपत्रमा उल्लेख छ ।
प्रतिवादीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो । लामिछाने गोर्खा मिडियो नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीबाट आएको रकम हिनामिनामा संलग्न रहेको अभियोग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनभित्र पलेँटी कसेर बसे रास्वपाका सांसद्, तस्बिरमा हेर्नुहोस्
-
सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै
-
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो, तस्बिरहरू
-
इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु
-
संसद्को कारबाही जबरजस्ती अगाडि बढाउन खोजियो : अध्यक्ष लिङ्देन
-
संसद् बैठक : राप्रपाको बहिस्कार, रास्वपाको नाराबाजी