गोर्खा मिडिया नेटवर्कबाट निकिताको नाममा रविले काटेका थिए ४ वटा चेक, गोपिकृष्णको नाममा ८१ लाख भुक्तानी
काठमाडौँ । चितवनको साहारा सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आफ्नो पदीय हैसियतमा श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक काटेको भेटिएको छ । यस्तै श्रीमती आबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक काटिएको मंगलबार उक्त सहकारी ठगी प्रकरणमा रवि समेतलाई विपक्षी बनाएर दायर गरिएको अभियोग पत्रमा उल्लेख छ ।
‘विपक्ष रवि लामेछाने प्रबन्ध निर्देशक तथा शेयरधनि रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट निज रवि लामिछाने समेतको हस्ताक्षरले काटिएको ४ वटा चेक मार्फत निजको श्रीमती निकिता पौडेलको नाममा रु. ५९,३८,२५१ (उनन्साठ्ठी लाख अड्तिस हजार दुई सय एकाउन्न) र गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत रु.८१,२५,००० ( एकासी लाख पच्चीस हजार रुपैयाँ) रकम भुक्तानी दिएको देखिन्छ’, अभियोगपत्रमा भनिएको छ ।
लामिछाने ०७७ पुस ३० गते प्रबन्ध निर्देशकको रुपमा र सोही वर्षको चैत महिनामा सेयर होल्डरको रुपमा प्रवेश गरेको र ०७९ असार २ मा उक्त प्रालिबाट अलग भएको अभियोगपत्रमा उल्लेख छ । तर त्यसअघि र पछि पनि चेकहरु जारी भएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।
यस्तै अभियोगपत्रमा साहारा सहकारीबाट गोर्खा मिडियामा जम्मा हुन आएका रकममध्येबाट लामिछानेको एकल हस्ताक्षरले ८१४ वटा चेक मार्फत ४८ करोड ५८ लाख २२ हजार २४६ र जीबी राईसमेतको हस्ताक्षरमा थप ६० लाख १९ हजार रुपैयाँ भुक्तानी भएको देखिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण