खेल
आहा रारा पोखरा गोल्डकपमा पुलिसको विजयी सुरुवात
मङ्गलबार, २२ माघ २०८१, १७ : ३२
पोखरा । नेपाल पुलिस क्लबले पोखरामा आयोजित आहा रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । २४ औँ संस्करणको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको ३६ औँ मिनेटमा उज्ज्वल राईले प्रहार गरेको कर्नर किक नै पुलिसको लागि निर्णायक बन्यो । उज्ज्वलले प्रहार गरेको उक्त बल गोलमा परिणत भएपछि सहारा रक्षात्मक बन्यो । खेलमा केही अवसर पाएपनि आयोजकले गोल फर्काउन सकेन ।
पुलिसले जितसँगै युकेबाट आएको पाहुना टोली ब्रिगेड ब्वाइज क्वलसँग माघ २६ गते क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ । बुधबार एपिएफ र मछिन्द्रबिच खेल हुनेछ ।
प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण