एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
बुधबार, २३ माघ २०८१, ०४ : ३९
काठमाडौं । गिउलिआनो सिमोनको महत्वपूर्ण दुई गोल मद्दतले एटलेटिको मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुगेको छ । घरेलु मैदानमा गेटाफेलाई ५-० गोल अन्तरले हराउँदै एटलेटिको मड्रिड सेमिफाइनलमा पुगेको हो ।
सिमोनले खेलको ८ औं मिनेट मै टोलीलाई अग्रता दिलाएका थिए । उनले १७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफअघि श्यामुएल लिनोले एक गोल थपे भने दोस्रो हाफमा एन्जेल कोरिया र एलेसान्डर सोरलोथले एक-एक गोल गरे ।
एटलेटिकोले अन्तिम पल्ट २०१३ मा स्पेनिस कमप जितेको थियो । कोपा डेल रे अन्तर्गत बुधबार रियाल मड्रिड लेगानेससँग भिड्ने छ भने रियाल सोसिडाडले ओसासुनासँग खेल्नेछ । बिहीबार ३१ पल्टको विजेता बार्सिलोनासँग भ्यालेन्सिया भिड्ने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण