कोटिहोम गर्न नदिने पोखरा महानगरको घोषणा
पोखरा । पोखरा महानगरपालिकाले पोखरामा हुने भनिएको कोटिहोम गर्न नदिने घोषणा गरेको छ । मेयर धनराज आचार्यले कुनै हालतमा पोखरामा कोटिहोम गर्न सम्भव नभएको बताएका छन् ।
‘कोटिहोम पोखरामा हुँदैन । त्यति लामो समयसम्म पर्यटकीय सहर पोखरामा ध्वनि बालेर होम हुन सक्दैन,’ उनले भने, ‘अघिल्लो पटक पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भाथ्यो । हामीले अनुमति पनि दिएको छैन ।’
४ महिनासम्म पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्रमा होम गर्दा पर्यटनमै असर पर्ने उनको तर्क छ । ‘फेवातालको डिलमा ४ महिनासम्म कोटिहोम लगाउने ठाउँ होइन । स्थानीय तहले अनुमति नदिई त्यस्ता होम हुने कुरा सम्भव छैन,’ उनले अघि भने ।
पोखरा फागुनमै २ वटा महायज्ञ भने हुँदै छ । पुम्दीकोटमा फागुन ७ देखि १५ सम्म महायज्ञ हुँदै छ भने सराङकोटमा १४ देखि २१ गतेसम्म महायज्ञ हुँदै छ । ‘कोटिहोम चाहिँ पोखरामा हुँदैन,’ ठोकुवाका साथ मेयर आचार्यले घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण