फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
बुधबार, २३ माघ २०८१, १४ : २५
काठमाडौँ । फिल्म ‘हन्टर’को मुख्य पात्र अरुण क्षेत्रीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले सार्वजनिक गरेको क्यारेक्टर लुक्स पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् ।
उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने अनुमान गर्न सकिन्छ ।
केही अगाडि निर्माण घोषणा भएको फिल्मको अन्य कलाकार सार्वजनिक गरिएको छैन । फिल्म जीवन सिंहले निर्देशन गर्न लागेका हुन् ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ । फिल्म हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशक सिंहले बताए ।
फिल्म पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । फिल्मको छायाङ्कन पश्चिम नेपालमा हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण